नेपाल न्युज प्वाइन्ट डटकम
सरकारको निर्णय : विपद्‍मा परेर घाइते भएकाहरुको निःशुल्क उपचार, सञ्चालन भइरहेका सबै परीक्षा स्थगन

काठमाडौं : सरकारले विपद्‍मा परेर घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने भएको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको आपतकालीन समन्वयात्मक बैठकले घाइतको निःशुल्क उपचार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

बैठकले अविरल वर्षाले अवरुद्ध भएका सडकहरु तत्काल खोल्ने पहल गर्ने निर्णय गरेको छ । बैठकले अवरुद्ध भएका सडकहरु अविलम्बन खोल्न भौतिक पूर्वाधार मन्त्रालयले पहल गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले अहिले चलिरहेका सबै परीक्षाहरू स्थगित गर्ने निर्णय पनि गरेको छ । बैठकले भारी वर्षाका कारण अहिले देखिएको समस्यालाई मध्यनजर गर्दै परीक्षा थोरै समयका लागि स्थगन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता गुरुङले बताए ।

सरकारको यो निर्णयसँगै भोलिदेखि काठमाडौंमा हुने मेडिकल काउन्सिलको परीक्षा पनि रद्द भएको छ । मेडिकल काउन्सिलको परीक्षाका लागि देशभरबाट काठमाडौं आउनका लागि हिँडेका विद्यार्थी राजमार्गहरू बन्द भएका कारण बाटोमै अलपत्र परेका छन् ।

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update