काठमाडौं : साताको पहिलो कारोबारको दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक दोहोरो अंकले घटेको छ । आज शेयर बजार २२ दशलमव ३६ अंकले घटेर दुई हजार चार सय ६४ को विन्दुमा कायम भएको छ । आज ४६ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य घटेको छ । पाँच कम्पनीको शेयर मूल्य स्थिर छ ।
समूहगत रुपमा आज बैंकिङ समूहकाे शेयर मूल्य ०.७४, विकास बैंक ०.८९, फाइनान्स १.९१, होटल तथा पर्यटन १.४७, लगानी १.४०, जीवन बीमा ०.३१, माइक्रोफाइनान्स ०.१८, निर्जीवन बीमा ०.१५ र अन्य समूह १.०२ प्रतिशतले घटेको छ । साथै व्यापार र हाइड्रोपावर समूहकाे शेयर मूल्य भने क्रमशः २.९७ प्रतिशत र २.३६ प्रतिशतले घटेको छ । आजको शेयर बजारमा उत्पादन समूहको शेयर मूल्य भने बढेको छ । यस समूहकाे मूल्य १.०३ प्रतिशतले बढेको हो ।
यस्तैऽ ज ३२७ कम्पनीको एक करोड तीन लाख ११ हजार ८८५ कित्ता शेयर किनबेच हुँदा चार अर्ब पाँच करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १५ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साथै सीएचडीसीको १५ करोड पाँचच लाख रुपैयाँको शेयर कारोबार भएको छ ।