नेपाल न्युज प्वाइन्ट डटकम
लेखातर्फका ५ सयभन्दा बढी कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडौं : सरकारले एकैपटक लेखातर्फका ५ सयभन्दा बढी कर्मचारीको सरुवा गरेको छ । लेखा तर्फका ८० जना अधिकृत, कोष नियन्त्रक र आन्तरिक लेखा परीक्षकको सरूवा भएको हो । महालेखा नियन्त्रक कार्यालयले ४१३ जना लेखापाल र १३ जना सहलेखापालको सरुवा गरेको हो ।

निजामती सेवा नियमावलीअनुसार कर्मचारीहरुलाई सामान्य प्रशासन मन्त्रालयले प्रत्येक वर्षको भदौ मसान्तभित्रमा सरुवा गरिसक्नुपर्छ । मन्त्रालय वा मन्त्रालय स्तरको केन्द्रीय निकाय वा विभागले प्रत्येक वर्षको असोज १ गतेदेखि असोज १५ गतेभित्रमा सरुवा गर्नुपर्ने नियम छ ।

विभिन्न मन्त्रालय, विभाग, आयोग तथा कार्यालयहरुमा नयाँ अधिकृत, लेखापाल र सहलेखापालहरु खटिएका छन् । लेखा समूहका कर्मचारीको सरुवा व्यवस्थापन महालेखाले नै गर्ने गरेको छ ।

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update