दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा रिहा गर्न आदेश
काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश ठाकुर प्रसाद खरेलले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएका हुन् ।
दुईवटा मुद्दामा जनही उनलाई ५०–५० हजार धरौटी माग गरिएको छ । प्रहरीको साइबर ब्युरोले उनलाई असोज ६ मा भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ गरेको थियो ।
सरकारी वकिल कार्यालय काठमाडौँले उनीविरुद्ध विद्युतीय अपराधसम्बन्धी दुईवटा मुद्दा दायर गरेको थियो ।
युट्युब च्यानल ‘देश दुनियाँ खबर’मा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एक जना महिलाको ‘चरित्रहत्या गरेको’ आरोप छ । अर्का एक जना पुरुषले पनि प्रसाईं विरुद्ध जाहेरी दिएका थिए ।
प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१ १६:५८
प्रतिक्रिया दिनुहोस्