नेपाल न्युज प्वाइन्ट डटकम
सर्लाहीको बरहथवामा कर्फ्यू

सर्लाही : सर्लाहीको बरहथवामा कर्फ्यू आदेश जारी भएको छ । बरहथवा नगरपालिका-६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै भएको प्रदर्शनमा एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले कर्फ्यू आदेश जारी गरेको हो ।

प्रदर्शनका क्रममा बरहथवा नगरपालिका-६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएको थियो । 

शुक्रबार बेलुकी साढे ५ बजेदेखि भोलि शनिबार बिहान ८ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले बताए । 

उनका अनुसार बरहथवा नगरपालिकाको सीमाभित्र पूर्वमा सीतापुर जाने बाटोको ब्रम्हस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती/चोर्निया पुलमा कर्फ्यू लागू हुनेछ । 

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update