सांसदहरूले उठाएको विषयमा आगामी बैककमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

काठमाडौं : सभामुख देवराज घिमिरेले विपक्षी दलहरुले उठाएको विषयमा आगामी बैककमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।
१५ मिनेटका लागि स्थगित भएर पुन: शुरु भएको प्रतिनिधि सभाको बैठकमा सभामुख घिमिरेले सांसदहरूले उठाएका विषयहरूमा सभाको आगामी बैठक फागुन १८ गते जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन् ।
रुलिङ भएसँगै सभाको बैठक नियमित रूपमा सुचारु भएको छ । सभामुखले पटकपटक रुलिङ गर्दा पनि सरकारले जवाफ नदिएको भन्दै एमाले सांसदहरुले आआफ्नो स्थानमा उभिएर नाराबाजी गरेपछि संसद बैठक स्थगित भएको थियो ।
यसअघिको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले विवादित मन्त्रीहरूको राजीनामाको माग गरेका थिए । मन्त्रीहरू विवादमा आएको सम्बन्धमा प्रधानमन्त्रीको जवाफ समेत माग गरेका थिए ।
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८० १३:०४
प्रतिक्रिया दिनुहोस्