नेपाल न्युज प्वाइन्ट डटकम
राजेन्द्र महतोले छाडे लोसपा, राष्ट्रिय मुक्ति क्रान्तिको घोषणा

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छाडेका छन् ।

काठमाडौंको राष्ट्रिय सभा गृहमा सोमबार कार्यक्रम गर्दै उनले लोसपा परित्याग गरेको घोषणा गरेका हुन् ।

महतोले आदिवासी जनजातिका अधिकारका लागि वकालत गर्ने बुद्धछिरिङ मोक्तानसँग मिलेर ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियान घोषणा गरेका छन् ।

यो अभियानले पार्टीको निर्माणदेखि सबै संरचना तयार गर्ने भन्दै लोसपा, जसपालगायतका मधेसवादी पार्टी साथै एमाले, कांग्रेस माओवादी विचार राख्नेहरूका लागि खुल्ला रहेको उनको भनाइ थियो ।

उनले यही क्रान्तिले देशमा सबै नेपालीका लागि शासन र संविधानमा परिवर्तन ल्याउने र नेपाल सबै नेपालीका लागि निर्माण गर्ने तर्क गरे ।

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update