नेपाल न्युज प्वाइन्ट डटकम
कृष्ण कँडेलविरुद्ध यौन दुर्व्यवहारको मुद्दा दायर

काठमाडौं : इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा गायक कृष्ण कँडेलविरुद्ध यौन दुर्व्यवहारको मुद्दा दायर भएको छ । कँडेलले आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै एक महिलाले काठमाडौं जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गराएकी हुन् ।

पीडित महिलाले कँडेलविरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २१९, २२३, २२४ विरुद्धको कसुरमा हदैसम्मको कारबाही तथा क्षतिपूर्ति माग गरेकी छिन् । यस्तो कसुरमा ४ वर्षसम्म जेल सजाय हुनसक्छ ।

कँडेलले नक्कली फेसबुक खाताबाट अश्लील सन्देश पठाउने गरेको तथा यौन प्रस्ताव राखेको आरोप फिरादपत्रमा लगाइएको छ । पीडित महिलाले सामाजिक सञ्जालमार्फत आफूलाई कँडेलले यौन दुर्व्यवहार गरेको भन्दै सार्वजनिक गरेकी थिइन् ।

कँडेलले भने यसअघि नै आफ्नो गाली बेइज्जती भएको भन्दै ती महिलाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update