केपी ओली प्रधानमन्त्री हुन्जेल जनताले दुःख पाउँछन् : रवि लामिछाने
पोखरा : राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापति रवि लामिछानेले केपी ओली यो देशको प्रधानमन्त्री हुनु देशको दुर्भाग्य रहेको बताएका छन् । यो देशमा भ्रष्टाचारको जगमा ओली उभिएको उनको भनाइ छ ।
सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालत लगेका बेला पत्रकारहरुसँगको कुराकानीमा उनले न्यायको पक्षमा सारा जनतालाई सडकमा ओर्लिन पनि आह्वान गरे ।
उनले केपी शर्मा ओलीको सरकार हुन्जेल जनताले दुःख पाउने बताए । ओली सरकारले निर्दोष मान्छेलाई झुटा मुद्दा लगाउने काम गरेको उनले आरोप लगाए ।
उनले आफूलाई जस्तै प्रधानमन्त्री ओलीलाई छानविन गर्ने हो भने उनी सबैभन्दा बढी भ्रष्टाचारी ठहरिने बताए । ओली प्रधानमन्त्री भएकोमा देशको दुर्भाग्य भएको उनले बताए ।
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१ १४:१९
प्रतिक्रिया दिनुहोस्