नेपाल न्युज प्वाइन्ट डटकम
भीम रावल, विन्दा पाण्डे र उषाकिरणसँग स्पष्टीकरण सोध्ने एमालेको निर्णय

काठमाडौं : नेकपा एमालेले नेता भीम रावलसहितका तीन जना नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले नेता रावलसहित स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । 

महासचिव पोखरेलका अनुसार केन्द्रीय कार्यालय भवन निर्माणबारे पार्टीले गरेको निर्णय  विपरीत सार्वजनिक अभिव्यक्ति दिएकाले पाण्डे र तिमिल्सिनासँग स्पष्टीकरण सोध्ने निर्णय भएको हो ।

पूर्व उपाध्यक्ष रावललाई भने पार्टीको निर्णयप्रति लामो समयदेखि फरक मत राख्दै आएकाले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

गत असोज २४ गते गुरुङले कीर्तिपुरमा दिएको ११ रोपनी जग्गामा पार्टी कार्यालय बनाउने एमालेले निर्णय गरेको थियो भने २५ गते गुरुङसहित एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भवनको शिलान्यास गरेका थिए । उक्त निर्णयप्रति पाण्डे र तिमिल्सिनाले सार्वजनिक रुपमै असन्तुष्टि जनाएका थिए ।

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update