संसद भवनको सुरक्षार्थ खटिएको प्रहरी टोलीको जिम्मेवारी खोसियो

काठमाडौं : लघुवित्त पीडितहरु संसद भवनभित्र प्रवेश गरेपछि संसद भवनको सुरक्षाका लागि खटिएको प्रहरी टोलीको जिम्मेवारी खोसिएको छ । प्रहरी प्रधान कार्यालयले संसद भवनमा खटिएका प्रहरी निरीक्षकसहित ३२ जनालाई जिम्मेवारीबाट हटाएर नयाँ टोलीलाई पठाएको हो ।
सोमबार दिउँसो भएको घटनाबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनाइसकेको छ ।
समितिमा काठमाडौं प्रहरीका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीएसपी दिनेश घिमिरे सदस्य छन् ।
निषेधित क्षेत्र पार गरेर संसद भवनभित्र छिरेको आरोपमा प्रहरीले ४९ जना लघुवित्त पीडितलाई नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८० २०:४७
प्रतिक्रिया दिनुहोस्