नेपाल न्युज प्वाइन्ट डटकम
किरण राणा र सुन्दरप्रसाद ह्योजु एआईजीमा बढुवा सिफारिस

काठमाडौं : नेपाल प्रहरीका दुई जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस गरिएको छ ।

डीआईजी किरण राणा र सुन्दर प्रसाद ह्योजु एआईजीमा बढुवाका लागि सिफारिस भएका हुन् । गृह मन्त्रालय, बढुवा समितिको बैठकले डीआईजीद्वय राणा र ह्योजुलाई बढुवाको सिफारिस गरेको हो ।

बढुवा सिफारिस भएका जनपद प्रहरी समूहका राणा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पादमा कार्यरत छन् । प्राविधिक समूहका ह्योजु नेपाल प्रहरी अस्पपताल महाराजगंजमा कार्यरत छन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update