नेपाल न्युज प्वाइन्ट डटकम
लुम्बिनीका नवनियुक्त तीन मन्त्रीले लिए शपथ

काठमाडौं : लुम्बिनी प्रदेश सरकारमा थपिएका तीन मन्त्रीले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् ।

मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली कांग्रेसका तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलवार तथा जनता समाजवादी पार्टिबाट बाँकेका आदेशकुमार अग्रवाललाई बुधबार मन्त्रि नियुक्त गरेका थिए ।

तिमिल्सिनाले सामाजिक विकास, कलवारले वन तथा वातावरण र अग्रवालले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्री सहित एमालेका पाँच, कांग्रेसका पाँच र जसपाका एक जनागरी मन्त्रीको संख्या ११ पुगेको छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update