नेपाल न्युज प्वाइन्ट डटकम
म्याद थपका लागि रवि र छवि दुबैलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं : सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई अदालतमा उपस्थित गराइएको छ । 

गत शुक्रबार काठमाडौंमा लामिछानेलाई पक्राउ गरी सोही रात पोखरा लगेर आइतबार अदालतमा उपस्थित गराउँदा पक्राउ परेकै दिनदेखि लागु हुने गरी अनुसन्धानका लागि ६ दिनको म्याद दिइएको थियो । 

असोज ६ गते पक्राउ गरेर  पोखरा लगिएका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डिआइजी छविलाल जोशीलाई पनि आजै अदालतमा उपस्थित गराइएको हो । 

आज पुनः म्याद थपको लागि उनीहरूलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको हो । 

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update