-टीका पाण्डे
अब त भेट्न पाए नि हुन्थ्यो नि झै लाग्छ
उसैलाई
आफ्नै आगनमा ...
कौशीमा ...
छतमा ...
जहाँ जहाँ अलिकति खुल्ला ठाउँ छ हो त्यहाँमा ...।
आफ्ना
तमाम ब्यस्तताहरुलाई
अलि पर सारेर भए पनि
एकछिन
फुर्सद निकाल्नु हुन्थ्यो
एक अंगालो कसिलो न्यानो स्पर्सका लागि
चियासँग ...
कफिसँग ...
लागत नै लागे लागोस
बरु
रिण लिनु परे लिउँला
के फरक पर्छ
समयको समयसँग
समयमै फिर्तागर्ने वाचाका साथ
हुँदा पो बेवास्ता
नहुँदा त वास्तै वास्ता ... ।
मानौ कि
उ आउने बाटो खाल्टा खुल्टी छ
त्यसो भए बरु
अहिलेलाई
विस्वासको अलिकति रातो
चाम्रे माटोले भए पनि पुरिदिउँला
अनि फेरि
समय मिलाएर पिच गरौला
रङ रोगन आदि त झन गर्दै गरौला
वर किनारामा फूल रोपौला
पर किनारामा रुख रोपौला
तिनै फूल र रुखको हेराहेर हेर्दै
हुर्काई जोगाई गर्दै पानी हालौला स्याहार सुसार गरौँला ।
अब त भेटन पाए नि हुन्थ्यो नि झै लाग्छ
उसैलाई
आफ्नै आगनमा ...
छतमा ...
कौशीमा ...
जहाँ जहाँ अलिकति खुल्ला ठाउँ छ हो त्यहाँमा ...।
प्रिय घाम ...