सात सय रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं : लगातार बढिरहेको सुनको मूल्य बिहीबार तोलामा सात सय रुपैयाँले घटेको छ ।
बुधबार तोलाको एक लाख ६६ हजार सात सय रुपैयाँ पुगेको सुनको मूल्य बिहीबार सात सय रुपैयाँले घटेर तोलाको एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बिहीबार चाँदी ४० रुपैयाँले घटेर तोलाको दुई हजार ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदीको मूल्य तोलाको दुई हजार एक सय सय ३५ रुपैयाँ रहेको थियो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१ १२:२५
प्रतिक्रिया दिनुहोस्