नेपाल न्युज प्वाइन्ट डटकम
रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं : रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । 

न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

अदालतले यसअघि दिएको ६ दिनको म्याद सकिएसँगै आज प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।

सूर्यदर्शन सहकारी ठगीसम्बन्धी अनुसन्धानका लागि प्रहरीले उनलाई काठमाडौँबाट पक्राउ परेर पोखरा लागिएको थियो । 

सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा आज उपस्थित गराइएको थियो।

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update