नेपाल न्युज प्वाइन्ट डटकम
१८ अंकले घट्यो नेप्से, कारोबार पनि घट्यो 

काठमाडौंः साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । आज शेयर बजार १८ दशलमव २५ अंकले घटेर दुई हजार छ सय २७ को विन्दुमा कायम भएको छ । आज ६७ कम्पनीको शेयर मूल्य बढेको छ भने १७० कम्पनीको घटेको छ । सात कम्पनीको शेयर मूल्य स्थिर छ ।

बजार घटेसँगै आज सबैभन्दा धेरै रावा इनर्जीको मूल्य घटेको छ । यस कम्पनीको शेयर मूल्य आज १० प्रतिशतले घटेको हो । मूल्य बढ्ने कम्पनीको पहिलो स्थानका भने नेपाल एसबिआई बैंक रहेको छ । यस कम्पनीको मूल्य आज ९ दशलमव ७५ प्रतिशतले बढेको छ  । साथै पिपुल्स हाइड्रोपावरको ८ प्रतिशत र सनराइज ब्लुचिप फन्ड इकाईधनीको मूल्य ७ प्रतिशतले बढेको छ । 

यस्तै, आज बजारसँगै कारोबार पनि घटेको छ । बुधबार ३२४ कम्पनीको एक करोड ५७ लाख ४२ हजार पाँच सय १४ कित्ता शेयर किनबेच हुँदा छ अर्ब २७ करोड माथिको शेयर कारोबार भएको थियो भने आज ३१७ कम्पनीको एक करोड २२ लाख ८३ हजार कित्ता शेयर किनबेच हुँदा पाँत अर्ब ४१ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्सको ३४ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साथै साहस उर्जाको २४ करोड ९३ लाख रुपैयाँ र आइसीएफसी फाइनान्सको २४ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update