सिंहदरबार आसपास फुटपाथमा सर्वसाधारणलाई हिँड्न पनि रोक

काठमाडौं : संघीय संसद भवनमा सुरक्षा घेरा तोडेर लघुवित्त पीडितहरु प्रवेश गरेपछि सिंहदरबार आसपास फुटपाथमा समेत सर्वसाधारणलाई हिँड्न रोक लगाइएको छ ।
लघुवित्त पीडितहरुले आफ्ना माग सम्बोधन नभएको भन्दै सोमबार संघीय संसद भवन परिसरमै छिरेर प्रदर्शन गरेका थिए ।
संसद भवनको तीनवटै गेटको अगाडिपट्टीको पैदलयात्री हिँड्ने बाटोमा डोरी टाँगरे निषेधित क्षेत्र लेखिएको ब्यानर टाँसिएको छ ।
लघुवित्तका ऋणीको टोली संसद् भवनमा प्रवेश गरेपछि गृह मन्त्रालयले भवनको बाहिरी सुरक्षामा खटिने प्रहरी निरीक्षकसहित ३२ जनाको जिम्मेवारी खोसेको थियो ।
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८० १३:४३
प्रतिक्रिया दिनुहोस्