नेपाल न्युज प्वाइन्ट डटकम
माइतीघरमा रास्वपाको विरोध प्रदर्शन

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता कार्यकर्ताहरूले पार्टी सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न ७ दिन म्याद थपिएपछि काठमाडौं केन्द्रित आन्दोलन शुरु गरेका छन् ।

यसअघि पोखरामा प्रदर्शन गरेको रास्वपाले स्थानीयको साथ पाउन सकेको थिएन । स्थानीयको सहभागिता नभएपछि रास्वपाका नेताहरुले घरदैलो समेत गरेर भिड जम्मा गर्ने प्रयास गरेका थिए । तर त्यो पनि असफल भएपछि अब उनीहरु काठमाडौंमा प्रदर्शनमा उत्रिएका हुन् ।

पार्टीका सभापति लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोधपूर्ण व्यवहार गरेको भन्दै उनीहरुले प्रदर्शन गरेका छन् । रास्वपाले केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक प्रतिशोध साधेको भन्दै माइतीघरमा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरूले ‘ओइ सरकार ओइ यति ओम्नि खोइ ?’ ओइ सरकार ओइ गिरीबन्धु खोइ ? ‘तानाशाही पाराले दुःख पायो साराले’, ‘सहकारी पीडितको एउटै माग बचत रकम फिर्ता गर’, ‘सत्ताको दुरुपयोग बन्द गर’, ‘सरकार दम्भ नदेखाऊ नेपाली जनता जिउँदै छन्’, ‘८८ अर्ब फिर्ता गर’, ‘सत्य कहिल्यै ढल्दैन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update