सूर्यदर्शन सहकारी प्रकरणमा थप एक जना पक्राउ
काठमाडौंः सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । सूर्यदर्शन सहकारीमा रकम हिनामिना गरेको आरोपमा नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक एवं शेयरधनी राम बहादुर खनाल पक्राउ परेका हुन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले तनहुँको बगालेफाँटका ४८ वर्षीय खनाललाई शुक्रबार काठमाडौंको पानीपोखरीबाट पक्राउ गरेको हो । खनाललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१ १७:१२
प्रतिक्रिया दिनुहोस्