नेपाल न्युज प्वाइन्ट डटकम
सत्तारुढ दलद्वारा ७ बुँदे संयुक्त वक्तव्य जारी (पूर्णपाठ)

काठमाडौं : सत्तारुढ दलहरूले संयुक्त वक्तव्य जारी गरेका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले सरकारको सय दिन, समसामयिक मुद्दा र आगामी योजनाबारे संयुक्त वक्तव्य जारी गरेको हो ।

बैठकमा सरकारको समीक्षासहित आगामी दिनमा सरकारलाई प्रभावकारी बनाउनेबारे छलफल भएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए । बैठकले सरकारको सय दिन, समसामयिक मुद्दा  र आगामी योजनाबारे संयुक्त वक्तव्य जारी गरेको महासचिव पोखरेलले जानकारी दिए ।

सत्तारुढ दलहरूले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन भइरहँदा भिड जम्मा पारेर अनुसन्धानको प्रक्रियालाई प्रभावित गर्ने कार्य भइरहेको भन्दै गम्भीर असहमति प्रकट गरेको छ ।

वक्तव्यमार्फत सत्तारुढ दलहरुले लोकतन्त्र र विधिको शासनविपरित भइरहेका भन्दै त्यस्ता गतिविधिप्रति असहमति दर्ज गरेको हो । 

निर्दोष कोही नफसुन् र दोषी कोही नउम्किउन् भन्ने कुराको सुनिश्चिताको लागि अनुसन्धान, अभियोजन र न्याय निरुपणको प्रक्रियाका लागि सबै पक्षको सकारात्मक सहयोगको आवश्यकता पर्ने सत्तारुढ दलले बताएको छ ।

वक्तव्यमा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, जसपाकी सहअध्यक्ष रेणु यादव, जनमतका अध्यक्ष सिके राउत, जसपा नेपालका उपाध्यक्ष राजकिशोर यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर र नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले हस्ताक्षर गरेका छन् ।

No description available.

No description available.

No description available.

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update