नेपाल न्युज प्वाइन्ट डटकम
कांग्रेस र एमालेसँग मिलेर गल्ती गर्‍यौं : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार र बिचौलियालाई जोगाउन बनेको सरकार आफैं कुहिएर झर्ने अवस्थामा पुगेको दाबी गरेका छन् ।

सरकारविरुद्धको खबरदारीसभालाई सम्बोधन गर्दै उनले माओवादी कुनै सत्ताको खेलमा नरहेको भन्दै सरकार ढालेको दोष आफूहरुलाई नदिन आग्रह गरे ।

प्रचण्डले आफूले सरकार ढाल्ने गरी आन्दोलन नगरेको बताए । उनले माओवादीले सरकार फेर्न हतार गर्‍यो भन्ने भ्रम छ भने फाल्न आग्रह गरे ।

अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेसँग विगतमा सत्ता सहकार्य गरेर गल्ती गरेको बताए । प्रचण्डले कांग्रेस-एमालेसँग मिलेर गल्ती गरेको निष्कर्षसहित समीक्षा गरेर जनतातर्फ फर्किएको उल्लेख गरे ।

माओवादीले फेरि कांग्रेस फकाउला वा एमाले फकाउला भन्ने चिन्ता नलिन पनि उनले आग्रह गरे । उनले अब कांग्रेस र एमालेसँग मिलेर चुनाव नलड्ने बताउँदै जति सिट ल्याए पनि एक्लै लड्ने बताए ।

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update