नेपाल न्युज प्वाइन्ट डटकम
रवि लामिछानेलाई रिहा गर्न सरकारसँग रास्वपाको माग, आन्दोलन जारी राख्ने निर्णय

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ ।

पार्टीको शनिबार बसेको केन्द्रीय समितिको बैठकले आन्दोलन जारी राख्न पार्टी उपसभापति डोलप्रसाद अर्यालको नेतृत्वमा आन्दोलन सञ्चालन मूल समिति गठन गर्ने निर्णय गरेको हो ।

बैठकले पार्टी सभापति एवं संसदीय दलको नेता लामिछानेलाई रिहाइ गर्न पनि माग गरेको छ ।

बैठकले राजनीतिक प्रतिशोधका लागि हिरासतमा राखेको र अनुसन्धानको नाममा थुन्ने र मानसिक दबाब दिने षडयन्त्र देखिएकाले सरकारसँग अविलम्ब राजनीतिक प्रतिशोध त्यागी रिहाइको माग गरेको हो ।

बैठकपछि पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिमा ‘राजनीतिक प्रतिशोध, भ्रष्टाचार र बेथितिविरुद्ध एवं सहकारी पीडितको ८८ अर्ब फिर्तासहितको न्यायका लागि निरन्तर आन्दोलन जारी राख्ने’ उल्लेख छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  ११:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update