काठमाडौं : बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा भुटानलाई ७-१ गोल अन्तरको फराकिलो जित निकाल्दै बंगलादेश फाइनलमा प्रवेश गरेको हो ।
बंगलादेशकी तोहुरा खातुनले ह्याट्रिक गरिन्। साविना खातुनले दुई गोल गर्दा ऋतु पोर्ना चक्मा र सेउली अजिम नाममा रह्यो। भुटानकी डेकी लाजोमले एक गोल फर्काइन् ।
बंगलादेशले खेलको सातौं मिनेटमै ऋतुको गोलमार्फत अग्रता बनाएको थियो । त्यसपछि पनि लगातार गोल गर्दै भुटानमाथि बंगलादेशलाई दबाबमा राख्दै गोल गर्यो ।
४१औं मिनेटमा भुटानका लागि डेकी ल्हाजोमले एक गोल फर्काएकी थिइन् । दोस्रो हाफको ५८औं मिनेटमा तोहुराले ह्याट्रिक पूरा गरिन् । भुटानले केही सकारात्मक मुभ बनाए पनि काउन्टरमा बंगलादेशले गोल गर्दै ६–१ को अग्रता लियो । ७२औं मिनेटमा बंगलादेशले सातौं गोल थपेको थियो ।
प्रतियोगिता अन्तर्गत दोस्रो सेमिफाइनल खेल आजै साँझ साढे ६ बजे नेपाल र भारतबीच हुनेछ । नेपाल र भारतबीचको विजेताले उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।