नेपालको गोलले मान्यता नपाएपछि दशरथ रंगशालामा तनाव
काठमाडौं : साफ माहिला च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा अहिले नेपाल र भारत खेलिरहेका छन् ।
दशरथ रंगशालामा जारी सेमिफाइनलको दोस्रो हाफमा रेखा पौडेलले रातो कार्ड पाएपछि उत्तेजित समर्थकले बोतल प्रहार गरेपछि खेल रोकिएको थियाे ।
खेलमा नेपालविरुद्ध भारतले अग्रता लिएको छ । खेलको ७१ औं मिनेटमा भारतकी संगीता बास्फोरेले गोल गरेकी हुन् ।
भारतले गोल गरेलगत्तै नेपाली खेलाडीहरुले पनि भारतको पोस्टमा गोल गरेका थिए । तर उक्त गोललाई रेफ्रीले मान्यता नदिएपछि दशरथ रंगशाला तनावग्रस्त भएको छ ।
गोलको मान्यता नपाएसँगै समर्थकले मैदानमा बोतल प्रहार गरेका छन् । जसका कारण खेल रोकिएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१ २०:१८
प्रतिक्रिया दिनुहोस्