नेपाल न्युज प्वाइन्ट डटकम
गृह मन्त्रालय र आन्दोलनरत रुबी खान समूहबीच तीन बुँदे सहमति

काठमाडौँ : नेपालगञ्जबाट बेपत्ता निर्मला कुर्मीको न्याय माग्दै प्रदर्शन गर्दै आएको समूहसँग गृह मन्त्रालयले वार्ता गरेको छ ।

गृह मन्त्रालयका अनुसार, रुबी खानको नेतृत्वमा भइरहेको प्रदर्शनमा सहभागी महिलाहरूलाई बोलाएर मन्त्रालयमा छलफल गरिएको हो ।

खानको नेतृत्वमा डेढ महिनादेखि नेपालगञ्जका महिलाहरूले कुर्मीको न्याय माग्दै आन्दोलन गरिरहेका थिए । सरकारले खानसँग यसअघि नै चार पटक सहमतिसमेत गरिसकेको थियो । पाँचौँ पटक उनी कुर्मी बेपत्ता प्रकरणको अदालतसम्म पुर्‍याइदिन माग गर्दै प्रदर्शनमा उत्रिएकी थिइन् ।

सहमतिसँगै खानको जारी आन्दोलन स्थगित भएको छ । सहमतिअनुसार खानसँग यसअघि भएको सहमति कार्यान्वयनका सन्दर्भमा जिल्ला प्रहरी कार्यालय बाँकेलाई लेखि पठाउने, आन्दोलनरत पक्ष र उनीहरूको सुरक्षा व्यवस्था मिलाउने जस्ता विषय समेटिएको छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update