
काठमाडौं : नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्ष पदमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेकाे माओवादी केन्द्रकाे स्थायी कमिटी बैठकले आफ्नै उम्मेदवार उठाउने निर्णय गरेकाे प्रवक्ता अग्निप्रसाद सापकाेटाले जानकारी दिए ।
राष्ट्रिय सभा अध्यक्षमा उमेदवारी दिने निर्णयले गठबन्धनमा कुनै असर नपर्ने प्रवक्ता सापकाेटाले जानकारी दिए ।
यस्तै बैठकले अब आउने निर्वाचनमा माओवादी एक्लै निर्वाचन लड्ने निर्णय पनि गरेको प्रवक्ता सापकोटाले बताए ।
नेपाली कांग्रेसको फागुन ७ देखि १० गतेसम्म भएको महासमिति बैठकले गठबन्धन नगरी चुनाव लड्ने निर्णय गरेको विषय पनि स्थायी कमिटी बैठकमा छलफल भएको थियो । त्यसबारे उनले अब आउने निर्वाचनमा एक्लै लड्ने तयारी भइरहेको बताएका हुन् ।