डीआईजी राणा र ह्योजु एआईजीमा बढुवा
काठमाडौं : सरकारले प्रहरी नायव महानिरीक्षक (डीआईजी) किरण राणालाई प्रहरी अतिरिक्त महानिरीक्षकमा पदमा बढुवा गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी राणालाई प्रहरी अतिरिक्त महानिरीक्षकमा पदमा बढुवा गरी प्रदेश समन्वय विभाग नक्शालमा पदस्थापन गरेको सरकारका प्रवक्ता गुरुङले बताए ।
यस्तै बैठकले डीआईजी डा. सुन्दरप्रसाद ह्योजु (प्राविधिकतर्फ) लाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ ।
गत आइतबार बसेको बढुवा समितिको बैठकले उनीहरूको नाम सिफारिस गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१ २०:५५
प्रतिक्रिया दिनुहोस्