सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूत बनाउने प्रस्ताव अनुमोदन
काठमाडौं : परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमको राजदूतमा अनुमोदन भएकी छन् । बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनलाई बेल्जियमका लागि राजदूत अनुमोदन गरेको हो ।
उनलाई मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिको बैठकले अनुमोदन गर्नेरनगर्ने विषयमा सुनुवाइ गरेको थियो । उनीविरूद्ध इजरायलका कार्यवाहक राजदूत कुमारबहादुर श्रेष्ठको उजुरी परेको थियो।
संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भइसकेकी लम्साललाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नेछन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१ ११:४४
प्रतिक्रिया दिनुहोस्