धनराज गुरुङमाथि पनि अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक
काठमाडौं : गृहमन्त्री रमेश लेखकले आफ्नै पार्टीका उपसभापति धनराज गुरुङमाथि पनि अनुसन्धान हुने बताएका छन् ।
बुधबार पोखरामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकले मुख हेरेर होइन, तथ्य प्रमाण हेरेर अनुसन्धान हुने बताएका हुन् ।
‘धनराजजीमाथि पनि अनुसन्धान हुन्छ, छानबिन हुन्छ,’ उनले भने, ‘यदि तथ्य प्रमाणले उहाँले गैरकानुनी काम गरेको देखियो भने उहाँमाथि कारबाही हुन्छ ।’
प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१ १६:३४
प्रतिक्रिया दिनुहोस्