नेपाल न्युज प्वाइन्ट डटकम
बरहथवा घटना छानबिनका लागि तीन सदस्यीय समिति गठन

काठमाडौं : गृह मन्त्रालयले सर्लाहीको बरहथवामा एक जनाको मृत्यु भएको घटनाको छानबिन गर्न ३ सदस्यीय समिति गठन गरेको छ ।

शुक्रबार सर्लाहीको बरहथवा नगरपालिका–५ मा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर भएको विवादका क्रममा गोली लागेर बरहथवा–६ का जयशंकर साहको मृत्यु भएको घटनाको छानबिन गर्न मन्त्रालयले समिति गठन गरेको हो ।

घटनाको सत्यतथ्य छानबिन गरेर सात दिनभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा छानबिन समिति गठन भएको मन्त्रालयले जनाएको छ । समितिमा नेपाल प्रहरीका डीआईजी सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक भीमबहादुर बुढाथोकी सदस्य छन् ।

यस्तै सरकारले मृतक जयशंकर साहका परिवारलाई १० लाख रुपैयाँ राहत प्रदान गर्न पनि निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत दिन र छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न पनि निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update