नेपाल न्युज प्वाइन्ट डटकम
लक्ष्मीपूजाको दिन बिजुलीको उच्चमाग १६०२ मेगावाट, २५३ मेगावाट भारततर्फ निर्यात

काठमाडौं : यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत उच्च माग (पिक डिमान्ड) १६०२ मेगावाट रेकर्ड गरिएको छ । लक्ष्मीपूजाको दिन आइतबार साँझ ६.२५ बजे पिक डिमान्ड १६०२ मेगावाट रेकर्ड गरिएको हो । 

गत वर्षको २६ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमाण्ड १ हजार ४३८ मेगावाट थियो । गत वर्षको तुलनामा यस वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड १६४ मेगावाट बढी हो ।

तिहारमा उद्योग, कलकारखानाहरू बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमान्ड औद्योगिक ग्राहक बाहेकको हो । लक्ष्मीपूजाको दिनको पिकको विद्युत मागलाई देशभित्रका विद्युत गृहहरुबाट उत्पादन गरी आपूर्ति गरिएको थियो । 

देशभित्रको विद्युत मागलाई पूरा गरी अतिरिक्त भएको २५३ मेगावाट विद्युत पिक समयमा भारततर्फ निर्यात समेत गरिएको विद्युत प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०८१  ०९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update