भारतको उत्तराखण्डमा बस दुर्घटना : कम्तीमा २२ जनाको मृत्यु, १५ जना घाइते
एजेन्सी : भारतको उत्तराखण्ड राज्यमा सोमबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।
उत्तराखण्डको अल्मोडास्थित मार्चुलामा यात्रीले भरिएको बस अनियन्त्रित भएर खोँचमा खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ ।
स्थानीयबासीको सहयोगमा घाइतेहरू र मृतकलाई बाहिर निकालिँदै छ । बस दुर्घटनामा अन्य १५ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ ।
रामनगर गइरहेको सो बस सल्टनजिकै कोपी नामको स्थानबाट खोँचमा खसेको हो ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले अल्मोडामा बस दुर्घटनाबारे सचिव आपदा प्रबन्धन, आयुक्त कुमाउ मण्डल र डीएम अल्मोडासँग फोनबाट जानकारी लिएका छन् । उनले उद्धार र उपचारमा तीव्रता दिन निर्देशन दिएका छन् ।
प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१ १३:१४
प्रतिक्रिया दिनुहोस्