रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति
काठमाडौं : सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न अदालतले थप १० दिन म्याद थपेको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
अनुसन्धानका लागि प्रहरी र सरकारी वकिलले २५ दिनको म्याद माग गरेको थियो । तर अदालतले १० दिनको मात्रै दिएको हो ।
सहकारी ठगीको अनुसन्धानका लागि कात्तिक २ गते पक्राउ परेका लामिछानेको यसअघि दुई पटक म्याद थप गरिसकिएको छ । यसअघि थपिएको म्याद कात्तिक १५ गते सकिएको थियो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१ १५:४२
प्रतिक्रिया दिनुहोस्