नेपाल न्युज प्वाइन्ट डटकम
सिटिजन्सद्वारा क्रसबोर्डर व्यावसायिक भुक्तानीको शुरुवात

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोनपे नेटवर्कसँगको सहकार्यमा क्रसबोर्डर व्यावसायिक भुक्तानी सेवाको सुरुवात गरेको छ । सो सेवाअन्तर्गत पहिलो चरणमा सिटिजन्स बैंकमार्फत् क्यूआर भुक्तानी सेवा लिएका व्यवसायहरुमा कारोबार गर्दा भारतीय एपमार्फत् भुक्तानी गर्न सकिने छ ।

हाललाई यस्तो सेवा भारतीय एपभिम र फोनपे एपमार्फत् नेपाल स्थित सिटिजन्स बैंकको फोनपे क्यूआरमार्फत् गर्न सकिने भएतापनि भविष्यमा बैंकको मोबाइल बैंकिङ एपमार्फत् भारतमा समेत कारोबार गर्न मिल्ने व्यवस्था गर्न लागिएको बैंकले जनाएको छ ।

यसका साथै सिटिजन्स बैंककै मोबाइल बैंकिङ प्रयोग गरी भारतमा र भारतबाट सिटिजन्स बैंकको खातामासमेत रकमान्तर गर्न मिल्ने गरी कार्य भइरहेको बैंकले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  २१:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update