ट्रम्पले जितेसँगै ह्वात्तै घट्यो सुनको मूल्य
काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । जसको प्रभाव नेपाली बजारमा पनि परेको छ । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै डलर मजबुत हुँदा सुनचाँदीको मूल्यमा उच्च गिरावट देखिएको हो ।
आज बिहीबार एकैदिन सुनको मूल्य नेपाली बजारमा प्रतितोला ४ हजार रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार १५ रुपैयाँ रहेको चाँदी यस दिन १ हजार ९६० मा झरेको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१ ११:४४
प्रतिक्रिया दिनुहोस्