ग्लोबल आइएमईद्वारा वित्तीय साक्षरता प्रदान
काठमाडौं : ग्लोबल आइएमई बैंकले सातवटै प्रदेशमा रहेका ३५ वटा शाखाद्वारा एकसाथ ४ हजार जनालाई वित्तीय साक्षरता प्रदान गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवालाई वित्तीय साक्षरता तालिम दिएको हो ।
विभिन्न जिल्लाका ३५ स्थानमा सञ्चालित कार्यक्रममा ४ हजार भन्दा बढी व्यक्तिहरुलाई बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी साक्षरता कार्यक्रम गरेको हो ।
प्रकाशित मिति: बुधबार, फागुन १६, २०८० २१:५३
प्रतिक्रिया दिनुहोस्