नेपाल न्युज प्वाइन्ट डटकम
राष्ट्रपतिले गरे छठ पूजा

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ छठ पर्व २०८१ का अवसरमा छठी माताको पूजा आराधना गरेका छन् ।

राष्ट्रपति पौडेलले काठमाडौंको गौरीघाट र कमलपोखरीमा तयार गरिएको छठ पूजास्थलमा पुगेर विहिबार अपरान्ह छठी माताको पूजा अर्चना गरे राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । 

राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले पूजा स्थलमा अस्ताउँदो सूर्यलाई अर्घदान गरेका थिए ।

राष्ट्रपति पौडेल सुरुमा पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थल पुगेका थिए । त्यहाँ उनले सूर्यसहित छठी माताको पूजा आराधना एवम् अर्घदान गरे । 

यसैगरी उनले गुह्वेश्वरीपछि कमलपोखरीमा रहेको छठ पूजास्थलमा पुगेर छठी माताकाे पूजा आरधना गरे । 

राष्ट्रपति पौडेल गुहृेश्वरी र कमलपोखरीको पूजास्थल पुग्दा छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेको जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update