नेपाल न्युज प्वाइन्ट डटकम
काठमाडौं महानगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप, ११ जना घाइते

काठमाडौं : काठमाडौंको सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबीच झडप भएको छ । बुधबार साँझ महानगर प्रहरीको टोली फुटपाथ व्यवसाय हटाउन जाँदा दुई पक्षबीच झडप भएको हो । झडपमा ११ जना घाइते भएका छन् । घाइते हुनेमा ६ जना फुटपाथ व्यवसायी र ५ जना नगर प्रहरी रहेका छन् ।

फुटपाथ व्यवसाय हटाएको काठमाडौं महानगरपालिकाले पछिल्लो समय राति ९ बजेपछि राख्न दिने भनेको छ । तर साँझ ७ बजेपछि नै फुटपाथमा व्यवसाय गर्न थालेको भन्दै बुधबार साँझ नगर प्रहरीले व्यवसायीहरुलाई हटाएको थियो ।

धरहरा अगाडि बसेका फुटपाथ व्यवसायी हटाउने क्रममा उक्त घटना भएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । नगर प्रहरीलाई ढुंगामुढा गरेपछि आफूहरुले प्रतिकार गरेको उनले बताए ।

यता नगर प्रहरी केही व्यवसायीलाई पक्राउ गर्नुका साथै लाठी हानेपछि प्रतिकार गरिएको व्यवसायीहरुको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  २१:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update