सुनको मूल्य घट्यो
काठमाडौं : आइतबार सुन र चाँदीको मूल्य घटेको छ । शुक्रबार प्रतितोला एक लाख ६६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज पाँच सयले घटेर प्रतितोला एक लाख ६६ हजार रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार प्रतितोला एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले घटेर तोलामा एक हजार नौ सय ६० रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१ १२:२२
प्रतिक्रिया दिनुहोस्