नेपाल न्युज प्वाइन्ट डटकम
पालिका सम्मेलन र खबरदारी सभा मंसिर मसान्तभित्र गर्ने माओवादीको निर्णय

काठमाडौं : नेकपा माओवादी केन्द्रले मंसिर मसान्तसम्म पालिका सम्मेलन गर्ने निर्णय गरेको छ ।

सोमबार बिहान पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले मंसिर मसान्तभित्र पालिका सम्मेलन र खबरदारी सभा एकैपटक गर्ने निर्णय गरेको हो । 

कात्तिक १० गते काठमाडौंमा खबरदारी सभा गरेको माओवादी केन्द्रले यसअघि स्थानीय तहमा पनि खबरदारी सभा गर्ने निर्णय गरेको थियो ।

यस्तै बैठकले पुस २ गते केन्द्रीय समिति बैठक पनि आह्वान गर्ने निर्णय गरेको उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए ।

सापकोटाले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि प्रदेशले टुंग्याएको उम्मेदवारहरूलाई अनुमोदन गर्ने निर्णय भएको बताए ।

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update