नेपाल न्युज प्वाइन्ट डटकम
रवि लामिछानेलाई भैरहवा ल्याइयो

रुपन्देही : सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि भैरहवा ल्याइएको छ ।

कास्की प्रहरीको हिरासतमा रहेका रविलाई बुद्ध एयरको जहाजमार्फत भैरहवा ल्याइएको हो ।

पोखराको सुर्यदर्शन सहकारीको वचत अपचलन आरोपमा कात्तिक २ गतेदेखि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारीको वचत अपचलन आरोपमा अनुसन्धान गर्न भैरहवा ल्याइएको हो ।

भैरहवा विमानस्थलमा रास्वपाका नेता तथा कार्यकर्ताले रविको पक्राउविरुद्ध प्रदर्शन गरिरहेका छन् । 

पूर्वगृहमन्त्री समेत रहेका रविलाई रुपन्देहीमा सिधै सरकारी वकिलकाे कार्यालयमा लगिने तयारी छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update