नेपाल न्युज प्वाइन्ट डटकम
राष्ट्रिय सभा निर्वाचन : सत्ता गठबन्धनमा भागबण्डा टुंगियो, कुन दललाई कति सिट ?

काठमाडौं : राष्ट्रिय सभाका १९ सिटमा सत्तारुढ दलहरूबीच भागबण्डा मिलेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सत्तारुढ दलको बैठकले भागबन्डा मिलाएको हो । 

नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र १ सिट जसपाले लिने गरी टुंगो लागेको नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए ।

शनिबार राति अबेरसम्म बसेको गठबन्धनको बैठकमा दलहरु भागबण्डाका लागि सहमतिनजिक पुगेका थिए । तर एकीकृत समाजवादीले तीन सिटमा दाबी गरेपछि आज बिहान पुनः गठबन्धनको बैठक बसेको थियो । 

आगामी माघ ११ गते हुने निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । 

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  ११:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update