नेपाल न्युज प्वाइन्ट डटकम
भारतीय स्थल सेनाध्यक्ष द्विवेदी पाँचदिने औपचारिक भ्रमणमा नेपाल आउँदै

काठमाडौं : प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी मंसिर ५ गतेबाट मंसिर ९ गतेसम्म नेपाल भ्रमणमा आउने भएका छन् ।

भ्रमणका क्रममा जनरल द्विवेदीले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्डामा सम्मान गारत निरीक्षण, प्रधान सेनापति सिग्देलसँग भेटघाट एवम् छलफललगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया र पश्चिम पृतना हेडक्वावार्टरको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार भारतीय सेनाध्यक्ष जनरल द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर ६ गते एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।

साथै उनले आफ्नो भ्रमणको दौरान प्रधानमन्त्री केपी शर्मा ओली तथा रक्षामन्त्री मानवीर राईसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update