नेपाल न्युज प्वाइन्ट डटकम
शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं : कलाकार पवन खतिवडा ‘म्याकुरी’माथि कुटपिट गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

काठमाडौं जिल्ला अदालतले बिहीबार वाइबालाई चार दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

शर्मिलासहितको समूहले कुटपिट गरेको भन्दै कलाकार पवन खतिवडाले जाहेरी दिएपछि उनलाई प्रहरीले सिन्धुपाल्चोकबाट पक्राउ गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update