२२ सयले घट्यो सुनको मूल्य
काठमाडौंः बिहीबर सुनको मूल्य तोलामा दुई हजार दुई सय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला एक लाख ६२ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा दुई हजार दुई सयले घटेर प्रतितोला एक लाख ६० हजार रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज चाँदी पनि तोलामा ३५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला एक हजार नौ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य घटेर बिहीबार एक हजार नौ सय ०५ रुपैयाँ कायम भएको हो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१ १२:००
प्रतिक्रिया दिनुहोस्