नेपाल न्युज प्वाइन्ट डटकम
उपचारबाट वञ्चित बालकलाई आर्थिक सहयोग

लमजुङ : लमजुङ बेसिशहर नगरपालिका ११ चिति रामचोक बेसिका उपचारबाट वञ्चित ५ वर्षीय बालक युवराज वि.कलाई आर्थिक सहयोग गरिएको छ ।

एम.आर. एड्भरटाईिजङ्ग एजेन्सीका प्रबन्ध निर्देशक राजेन्द्र प्रजापतिले विभिन्न व्यक्तिहरुबाट संकलित ५८ हजार ७ सय ७० रुपैयाँ बालकको घरमै पुगेर हस्तान्तरण गरेका हुन् । २०७८ सालमा लडेर खुट्टा भाँचिएका बालकको आर्थिक अभावका कारण उपचार हुन सकेको थिएन । 

सहयोग हस्तान्तरणमा बेसीशहर नगरपालिका ११ का वडा सदस्य विजय राज सेढाई, कन्यादेवी युवा क्लबका अध्यक्ष पारस कुमार श्रेष्ठ, सपोर्ट मिडिया प्रा. लि.का अध्यक्ष राकेश श्रेष्ठ, समाजसेवी राजेश श्रेष्ठ, अर्जुन राज अर्जुन सेढाई, ऋषिराज सेढाई र नबिन परियार लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

यस्तै युवराजको अवस्था बुझेपछि राष्ट्रिय ट्रमा सेन्टरले निःशुल्क उपचार गर्ने आश्वासन दिएको एम.आर. एड्भरटाईिजङ्ग एजेन्सीका प्रबन्ध निर्देशक प्रजापतिले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  २०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update