कीर्तिपुरको मेयरमा नेसपाका महर्जनको उम्मेदवारी दर्ता
काठमाडौं : कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा हुने उपनिर्वाचनका लागि बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले उम्मेदवारी दर्ता गराएको छ ।
यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि नेसपाका दिलकुमार महर्जनले आज पहिलो नम्बरमा उम्मेदवारी दर्ता गराएका हुन् ।
उपनिर्वाचनका लागि आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।
कीर्तिपुरको मेयरका लागि नेकपा एमालेका डा. सुरेन्द्र महर्जन, नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रबाट प्रा.डा. शिवशरण महर्जन, राप्रपाका ध्रुव महर्जन उम्मेदवार छन् ।
प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१ १२:१६
प्रतिक्रिया दिनुहोस्