एमालेले दियो कीर्तिपुरको मेयर र दुई वडाध्यक्ष पदमा उम्मेदवारी
काठमाडौं : कीर्तिपुर नगरपालिकाको मेयर पदमा नेकपा एमालेबाट डा.सुरेन्द्र मानन्धरले उम्मेदवारी दर्ता गरेका छन् ।
यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मानन्धरले उम्मेदवारी दर्ता गराएका हुन् ।
यस्तै कीर्तिपुर नगरपालिका वडा नम्बर १ को अध्यक्षमा हर्ष महर्जन र वडा नम्बर ४ को वडाध्यक्षमा बद्री बुढाथोकीले मनोनयन दिएका छन् ।
उपनिर्वाचनका लागि आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।
प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१ १२:४०
प्रतिक्रिया दिनुहोस्